पत्रकारको पि.सी.आर. टेस्ट गर्न पत्रकार महासंघको माग
SamacharDesk – शिवेश शर्मा | २०७७ बैशाख ३१, बुधबार

नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा कार्यक्षेत्रमा खटिरहेका पत्रकारहरुका लागि तत्काल पि.सी.आर प्रविधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ ।
वीरगञ्जमा पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएसँगै महासंघले विज्ञप्ति जारी गरी पत्रकारलाई आवश्यक सुरक्षा सामग्री व्यवस्था गर्न माग गरेको हो ।
मंगलबार पुष्टि भएका ५७ जना मध्ये वीरगञ्जमा पत्रकार पनि देखिएपछि महासंघले पत्रकार अझै बढी गम्भीर र सचेत हुन जरुरी रहेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ ।’
साथै पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न पनि सबै पत्रकारलाई अपिल गरेको छ ।
नेपाल भित्र पत्रकारमा कोरोनाको संक्रमण पुष्टि भएको यही नै पहिलो पटक हो ।
भारतको राजधानी नयाँ दिल्लीस्थित पत्रकारमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएलगत्तै मुख्यमन्त्री अर्विन्द केजरिवालले पत्रकारहरुले निशुल्क पि.सी.आर. टेस्ट गराउन पाइने भनेका थिए ।
Categorized in समाज