arin enterprises

नेपाल एक रनले पराजित

SamacharDesk | २०८१ आषाढ २, शनिबार

आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको  आज भएको खेलमा नेपाल पराजित भएको छ।

शनिबार बिहान सम्पन्न खेलमा नेपालले एक रनले पराजित भएको हो। योसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ। सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।

१ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय १४ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन जोडे ।

४९ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरेका हुन् । अनिल शाहले ३७ रन जोडे । उनले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गरे ।

कुशल भुर्तेलले २१ बलको सामना गर्दै १३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालको मध्यक्रमको ब्याटिङ कमजोर हुँदा जित नजिक पुगेको खेल गुमएको हो । दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले चार ओभर बलिङ गर्दा मात्र १९ रन दिएर चार विकेट लिए ।

एन्ड्रिच नोटरेज र एडेन मार्करामले एकएक विकेट हात पारे । यो संगै नेपालको सुपर–८ यात्रा पनि समाप्त भएको छ  ।

Categorized in स्पाेर्ट्स