नेपाल टीट्वेन्टी विश्वकमा छनोट
SamacharDesk | २०८० कार्तिक १७, शुक्रबार

नेपाल टी ट्वेन्टी विश्वकपका लागि छनौट भएको छ ।
नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको हो ।
काठमाडौंको मूलपानी मैदानमा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले हराउँदै नेपाल विश्वकपका लागि छनौट भएको हो ।
यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्योे । नेपाल नौ वर्षपछि विश्वकपका लागि छनौट भएको हो ।
नेपालको जीतमा विकेटकिपर आशिफ सेखले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा दुई छक्का र छ चौकाको सहयोगमा ६४ रन बनाए । कप्तान रोहित पौडेलले एक छक्का र तीन चौकको सहयोगमा ३५ रन बनाए भने गुलशन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए ।
यूएईका लागि निलान्स केस्वानी र बसिल हमिदले एकरएक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३४ रन बनायो । यूएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए ।
नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । साथै सोमपाल कामी र राहित पौडेलले एकरएक विकेट लिए । दुई ब्याटर रन आउट भए ।
नेपाल समूह ‘ए’ बाट उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो ।
समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेट र मलेसियालाई छ विकेटले पराजित गरेको थियो । आजै भएको पहिलो सेमिफाइलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको छ ।
आइतबार हुने फाइनलमा नेपाल र ओमान भिड्नेछन् ।
Categorized in स्पाेर्ट्स