arin enterprises

टेलिकमको सेवा “मैना” बाट

SamacharDesk | २०८१ मङ्सिर ३, सोमबार

नेपाल टेलिकमले सुन्धारा शाखामा आइतबारदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ ।

टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ ।

रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको विषयमा ग्राहकहरुलाई जानकारी दिने सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताउनु भयो । उहाँले आइतबार मैना रोबर्टको डेमो मात्रै शुरु गरिएको बताउनु भयो ।

उहाँले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसावमा विभिन्न कार्यहरु शुरु गरेको पनि बताउनु भयो ।

उहाँले रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको बताउनु भयो । उहाँले उहाँले नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकहरुले रोबर्टसँग जिज्ञासा राख्नसक्ने बताउनु भयो ।

उहाँले सुन्धारा कार्यालयमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको बताउनु भयो । यहाँ हरेक शनिवार पनि कार्यालय खुला हुने गरेको छ ।

उहाँले सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने मानसिकतालाई हटाउने गरी काम गरिरहेको दाबी गर्नुभयो ।

Categorized in विज्ञान-प्रविधी