arin enterprises

काभा कपमा माल्दिभ्सविरुद्ध नेपालको जित

SamacharDesk – समाचारडेस्क स्पोर्ट्स ब्यूरो | २०८२ कार्तिक ७, शुक्रबार

बंगलादेशमा जारी काभा कप पुरुष भलिबलमा नेपालले पहिलो जित हात पार्दै खाता खोलेको छ ।

आज माल्दिभ्स विरुद्धको खेल जित्दै नेपालले खाता खोलेको हो । आफ्नो तेश्रो खेल जितेसँगै नेपालले ४ अंक जोडेको छ ।

नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो । बंगलादेशको राजधानी ढाकास्थित इन्डोर हलमा आज (शुक्रबार) भएको आफ्नो खेलमा नेपालले माल्दिभ्सलाई २५–२१, २५–२३, २५–१८ ले पराजित गरेको हो ।

यस अघिको दुई वटा खेलमा भने नेपालले पराजय भोग्नु परेको थियो । पहिलो खेलमा तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो ।

Categorized in स्पाेर्ट्स
SKIP THIS tihar2082