arin enterprises

चलचित्र ‘हल्कारा’ शुक्रबारबाट प्रदर्शनमा

SamacharDesk | २०८० बैशाख २९, शुक्रबार

नेपाली चलचित्र ‘हल्कारा’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई चलचित्र ‘हल्कारा’मा देखाइएको छ ।

लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा रहेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य भूमिका रहेको छ । नेपाली चलचित्र ुहल्काराुको काठमाडौँमा गत बुधबचार ग्रान्ड प्रिमियर शो गरेको थियो ।

बुधबार साँझ बानेश्वरस्थित वन सिनेमाजमा करिब चार सय शुभचिन्तकमाझ प्रिमियर गरिएको हो।

उक्त शोमा प्रतिनिधि सभा सदस्यहरु  रघुजी पन्त, ज्ञानेन्द्र शाही, एमाले नेता प्रदीप ज्ञवाली लगायत चलचित्रकर्मीहरु तथा पत्रकारहरुले चलचित्र हेरेका छन्।

चलचित्रबारे प्रतिक्रिया दिँदै सहभागीले नेपाली चलचित्रको इतिहासका लागी एउटा परिपक्व चलचित्र थपिएको बताए।

हरेक घरमा भएको कथा "हल्कारा"ले सुन्दर तवरले व्यक्त गरेको उनिहरुको प्रतिक्रिया थियो। गत बर्ष ५५औँ  वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो ।

चलचित्रमा  महेश र बिनिता बाहेक शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, स्वर्गीय दीपक क्षेत्री लगायतको चलचित्रमा अभिनय रहेको छ ।

चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ ।

Categorized in पेजथ्री