arin enterprises

चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक

SamacharDesk – Aakash Rajopadhyaya | २०७८ चैत्र ७, सोमबार

अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ ।

खिल बहादुर तामाङको निर्देशनमा बनेको मन्त्रमा नेपालको हिमाली क्षेत्रको भेषभुषा र लवज हेर्न पाइन्छ । 

प्रेम र विछोडको धारलाई नै समातेको यो चलचित्रमा सौगात मल्ल र दीया पुनको अलावा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निहुरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन रहेको छ ।

ट्रेलर रिलिज कार्यक्रममा अभिनेता मल्लले चलचित्र छायांकनको समयमा निकै गाह्रो भएपनि चलचित्र राम्रो बनेको बताए । आफुले चलचित्रको लागि घोडचढी सिकेको बताए ।

चलचित्रका निर्देशक खिल बहादुर तामाङले चलचित्र मौलिक नेपाली चलचित्र बनेको बताउनु भयो । आउँदो बैशाख १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको छायांकन ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा गरिएको बताइएको छ ।  

Categorized in पेजथ्री