नेपाली गायकको जापानी गीत सार्वजनिक
SamacharDesk – विजयरत्न | २०७८ पौष २३, शुक्रबार

जापानमा बस्दै आएका नेपालका गायक बज्र गुरुङले गाउनु भएको जापानी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
बिहिवार एक कार्यक्रमका बीच गुरुङको जापानी गीत ‘आइताकु नारु’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
नेपाली चलचित्र क्षेत्रका वरिष्ठ संगीतज्ञ नाट्य कला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बास्कोटाले गीतको भिडियो सार्वजनिक गर्नुभएको थियो ।
वर्ल्डवाइड मिडिया नेटवर्कद्वारा आयोजना गरेको कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई गीत संगीतको क्षेत्रमा दिएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।
कार्यक्रममा बाेल्दै गायक गुरुङले आफ्नो कर्मथलो जापान भए पनि जन्मभुमि नेपाललाई सदा सम्झिरहेको बताउनुभयो ।
वरिष्ठ संगीतज्ञ बास्कोटाले संसारका धेरै देश पुगिसकेको तर जापान पुग्न बाँकी रहेको बताउँदै त्यहाँको संगीतमा अलग्गै मिठास रहेको बिचार राख्नुभयो ।
गायक गुरुङकै रचना र संगीत रहेको यस जापानी गीतको छायाँकन भने नेपालकै रमणीय स्थलहरुमा गरिएको छ । गीतको भिडियोमा नायिका नम्रता सापकोटाको साथमा गायक गुरुङले अभिनय पनि गरेका छन् ।
कोरियोग्राफी निशिला शाक्यको रहेको छ भने छायाँकन र निर्देशन अमृत सुनवारले गरेका छन् ।
Categorized in पेजथ्री