सिड्नीमा न्यौपानेको ‘बादलमुनि बागलुङ’ लोकार्पण
SamacharDesk – विजयरत्न | २०८३ जेठ १२, मंगलबार
अष्ट्रेलियाको मेलबर्न निवासी पर्यटन उद्यमी तथा लेखक भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’ पुस्तकको लोकार्पण भएको छ ।
गत शनिवार रकडेलमा आयोजित साहित्यिक अन्तरक्रिया कार्यक्रममा उक्त पुस्तक लोकर्पण गरिएको हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) NSW च्याप्टरद्वारा आयोजित कार्यक्रममा न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’ माथि चर्चा गरिएको थियो ।
यो आत्मकथा हालै साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८२ को लामो सूची (Longlist) मा पर्न सफल भएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार ऋषि आचार्यले पुस्तकबारे अन्तरक्रिया गराएका थिए । विष्णु हमाल, राजी खनाल तथा वीरेन्द्र बोम मल्लले पुस्तकको साहित्यिक महत्त्व, भावनात्मक गहिराइ तथा सामाजिक सान्दर्भिकताबारे आ–आफ्ना धारणा राखेका थिए ।
INLS NSW च्याप्टरकी अध्यक्ष भावना पराजुलीले आगामी दिनहरूमा पनि न्यौपानेको साहित्यिक यात्रा अझ सफल, सम्मानित र प्रेरणादायी बन्ने विश्वास व्यक्त गरिन् ।
लेखक दिला खरेलले लेखकले आफ्ना जीवनका अनुभवहरू अत्यन्त सरल र निष्कपट शैलीमा प्रस्तुत गरेको विचार राखे ।
NINFA का अध्यक्ष लक्ष्मण गुरुङले ‘बादलमुनि बागलुङ’ ले अझ धेरै पाठकको मन छुने, प्रेरणा दिने तथा योग्य सम्मान प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी तथा व्यवसायिक व्यक्तित्व डा. किरण थापा, गोमा थापा, युवराज भट्टराई, जितेन्द्र मल्ल गजलकार, इन्द्रेणी ग्रुपका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण सापकोटा लगायत विभिन्न समुदायका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
Categorized in पेजथ्री




