arin enterprises

विश्वास बज्राचार्यको होलि गीत सार्वजनिक हुँदै

SamacharDesk – बिजयरत्न | २०८० चैत्र ८, बिहिबार

होलि नजिकिएसँगै सबैमा फागुको उमङ्ग छाउने गर्छ । अझ भनौं, फागुको उमङ्गमा कलाकारहरु बिशेष रुपमा रमाउने गर्छन् । अनि फागु आएसँगै कलाकारहरु नयाँ नयाँ श्रृजना गर्नमा, आफ्ना श्रृजनाहरु सार्वजनिक गर्नमा व्यस्त हुने गर्छन् ।

यसै क्रममा रचनाकार साथै म्यूजिक भिडियो निर्देशक विश्वास बज्राचार्यको नेपालभाषाको गीत “बसन्तया बेला छिगु मन गन ला ?” को म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ ।

यस म्यूजिक भिडियोको केही दिन अघि मात्रै भक्तपुरमा सुटिंग सम्पन्न भएको छ ।

यस होलि गीतलाई नेवाः कला क्षेत्रको मल्टिस्टारर म्यूजिक भिडियोको रुपमा प्रस्तुत गर्न लागेको रचना र निर्देशक बज्राचार्यले बताए ।

बज्राचार्यका अनुसार यस म्यूजिक भिडियोमा कलाकार श्यामसुन्दर शिल्पकार र अर्णेश्वरी शिल्पकारको साथमा रोजिना सुवाल र किरण जोशीको पनि मुख्य भुमिका रहेको छ ।

त्यसैगरी सुजना बज्राचार्य, सिताराम माकः, शान्ति राजबाहक, चिरीबाबु महर्जन लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।

म्यूजिक भिडियोको कोरीयोग्राफी उपासना शाक्यले गरेकी छन् ।

छायाङ्कन र दृश्य सम्पादन आकृष्ट शाक्यले गरेका छन् भने भिजुअल इफेक्ट बिजन राज बज्राचार्यको रहेको छ ।

सुरेन्द्र श्रेष्ठले संगीतवद्ध गरेको गीत सुरेन्द्र श्रेष्ठ र दिपा महर्जनले गाएका छन् भने रत्नशोभा महर्जनले पनि साथ दिएकी छन् ।

Categorized in पेजथ्री