सर्वोच्चको न्यायधीशमा पाण्डे र निरौलाको नाम सिफारिस
SamacharDesk | २०८१ आश्विन ११, शुक्रबार

सर्वोच्च अदालतको न्यायधीशमा न्याय परिषद्ले दुईजनाको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।
हाल सर्वोच्चमा ४ जना न्यायाधीश रिक्त रहेको र निकट भविष्यमा दुई न्यायाधीश रिक्त हुने भएपनि अरू पद रिक्त राखेर उनीहरूलाई मात्रै सिफारिस गरिएको हो ।
नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन्। निरौला पुगनपुग दुई महिनाका लागि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् ।
निरौला सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार हुन् । उनी मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त भएका थिए ।
सर्वोच्चमा सिफारिस भएका नित्यानन्द पाण्डेय अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश छन् ।
उनी गत मंसीरमा उच्च अदालतको मुख्य न्यायाधीश भएका थिए ।
Categorized in राष्ट्रिय