सय रुपियाँको नोटमा नेपालको नयाँ नक्शा
SamacharDesk | २०८१ बैशाख २१, शुक्रबार

सरकारले १०० रुपियाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ ।
सरकारले नेपालमा हाल चलन चल्तीमा रहेको एक सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्शा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको छ ।
विहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो कुराको जानकारी दिनुभयो ।
यस भन्दा पहिला पुरानो नक्शा भएको नोट रहेको थियो । त्यस्तै सरकारले वैशाख २८ गते शुक्रबारका दिन २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै विश्व बैंकबाट उपलब्ध हुने सय मिलियन अमेरिकी डलर ९करिव १३ अर्ब ३३ करोड रुपैयाँ० बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय