arin enterprises

स्वरोजगारको लागि न्यू मिडिया तालिम समापन

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० जेठ २२, सोमबार

प्रशिक्षार्थी पत्रकारहरूलाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुरमा न्यू मिडिया तालिम गरिएको छ । मध्यपुर थिमि नगरपालिका र मध्यपुर सञ्चार समाजले संयुक्तरूपमा सातदिने तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले आगामी आर्थिक वर्षमा सञ्चार सम्बन्धिको नीति नै बनाएर अगाडि बढ्ने बताए ।

‘यो वर्ष नगरपालिकाले सहकारी, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन लगायतको ऐन बनाएको छ । हामीले हाम्रो पाँच वर्षको कार्यकाललाई सफल बनाउन पनि पञ्चवर्षिय योजना बनाएर अघि बढेका छौं । तर यो विषय मिडियामा नआएको भएर हामीले गरेको काम नगरबासीले थाहा पाएनन्’ मेयर श्रेष्ठको गुनासो थियो ।

त्यसैले आगामी दिनमा पत्रकार तथा सञ्चार संस्थासँग मिलेर काम गर्ने उनले बताए ।

तालिम कार्यक्रम अन्तर्गत रोजगारीमूलक न्यू मिडिया, खोज पत्रकारिता तथा फोटो पत्रकारिता अध्यापन गराइएको आयोजक संस्थाका अध्यक्ष बाबुकाजी श्रेष्ठले जनाए ।

न्यू मिडिया अन्तर्गत युट्यूब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालसँगै पोडकास्ट, ब्लगस्पट र भ्लग लगायतका विषयको प्राविधिक र सैद्धान्तिक ज्ञानलाई तालिममा सहजिकरण गरिएको थियो ।

तीस जना प्रशिक्षार्थी पत्रकारहरूको सहभागीता रहेको तालिममा सञ्चारकर्मी केके मानन्धर, सागर गुरागाइँ, सुमन श्रेष्ठ र विकेन रंजितले प्रशिक्षण दिएका थिए ।

Categorized in समाज