arin enterprises

यमनको आवाजमा नयाँ गीत सार्वजनिक हुँदै

SamacharDesk – बिकाश | २०७७ कार्तिक ८, शनिबार

यमन श्रेष्ठको आवाजमा नेपालभाषाको नयाँँ गीतको म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ ।

श्याम प्रजापतिको रचना र अनिल तुलाधरको संगीतमा यमन श्रेष्ठले गाएको गीत ‘मलमल लासाय्’ को म्यूजिक भिडियो रिलिज हुन लागेको हो ।

गीतको रेकर्डिङको साथमा म्यूजिक भिडियोको सुटिङ समेत सम्पन्न भइसकेको छ । हाल गीतको दृश्य सम्पादनको काम हुँदै गरेको छ ।

छायाङ्कन र दृश्य सम्पादन दिप्सन डंगोलले गरेका छन् भने छायाङ्कन निर्देशन ह्यारी महर्जनले गरेका छन् ।

निर्देशन भने अनुज डंगोलले गरेका छन् । निर्देशक डंगोलले यस अघि पनि विभिन्न म्यूजिक भिडियोको साथमा हिसिमति जस्तो चर्चित नेपालभाषाको चलचित्र निर्देशनको अनुभव बटुलिसकेका छन् ।

दशैं लगत्तै गीतको भिडियो सार्वजनिक गर्ने निर्देशक डंगोलले जानकारी दिए ।

मल्टि स्टारर म्यूजिक भिडियोमा नेवाः कला क्षेत्रमा चिरपरिचित अनुहारसँगै नयाँ कलाकारहरुको समेत अभिनय रहेको छ ।

गीतमा लक्ष्मीप्रसाद भैलः (ओम बाबा) विहोल श्रेष्ठ, सुजना बज्राचार्य, ज्योति मानन्धर, दिव्या महर्जन, सुप्रभा गाइँजु, शिव महर्जन, धिरज डंगोल र ज्ञानु महर्जन लगायतको कलाकारको अभिनय रहेको छ ।

‘शुरुमा त नयाँ कलाकारहरुसँग काम गर्न गार्हो होला कि भन्ने लागेको थियो, तर काम गर्दै जाँदा सबैको साथ र सहयोगले सुटिङ सम्पन्न गर्न दुई दिन पनि लागेन’ निर्देशक डंगोलले भने ।

हास्य प्रधान गीतमा भरपुर मनोरन्जन दिन आफुले सक्दो प्रयास गरेको डंगोलले बताए ।

Categorized in पेजथ्री