नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ शुभारम्भ
SamacharDesk – विजयरत्न | २०८२ पौष ३०, बुधबार
नेपाली डिजिटल मनोरञ्जन उद्योगमा ‘युएनए डिजिटल’ ओटीटी प्लेटफर्मको औपचारिक शुभारम्भ गरिएको छ ।
शनिबार आयोजित एक समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ओटीटी प्लेटफर्मको उद्घाटन गरे ।
युएनए इन्टरटेनमेन्टद्वारा सञ्चालनमा ल्याइएको यो प्लेटफर्म १ फेब्रुअरीदेखि आइओएस, गुगल प्लेस्टोर, ब्राउजर र टिभी संस्करणमा उपलब्ध हुनेछ ।
सुरुवातमा नेपाली कन्टेन्टमा केन्द्रित हुँदै करिब ६ करोड रुपैयाँ लगानीसहित ओटीटी सञ्चालनमा आउन लागेको जानकारी युएनएले दिएको छ ।
कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र तथा डिजिटल कन्टेन्टको बजार विस्तारमा यस्ता प्लेटफर्महरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
‘युएनए डिजिटल’ मार्फत नेपाली फिल्म, ओरिजिनल सिरिज तथा शोका साथै भारतीय, बंगलादेशी र जापानी कन्टेन्ट पनि क्रमशः दर्शकमाझ ल्याइने तयारी रहेको छ ।
Categorized in पेजथ्री




