विपद् व्यवस्थापन प्रविधिको विकास
SamacharDesk | २०८१ कार्तिक ६, मंगलबार

इञ्जिनियरिङ विधामा अध्ययनरत युवाहरुले बहुप्रकोपिय विपद् व्यवस्थापनमा प्रयोग हुने सफ्टवेयर र हार्डवयेर विकास गरेका छन् ।
बहुप्रकोपिय विपद् व्यवस्थापनमा विभिन्न जटिलताहरु आउने गरेको र व्यवस्थापन चुनौतिपूर्ण बनेको अवस्थामा युवाहरुले स्थानीय साधन र स्रोत प्रयोग गरि जोखिम न्यूनीकरण प्रविधिको विकास गरेका हुन् ।
स्टार्ट नेटवर्कको सक्रियतामा आयोजना गरिएको फोरवार्न डिजास्टर ह्याकथनमा सहभागी युवाहरुले विपद् पूर्व, विपद्प्रतिकार्य र विपद्पछिको पुनःस्थापनामा प्रयोग गरिने सफ्टवेयर विकास गरेका हुन् ।
त्यसमा विपद्पूर्वको अवस्था विश्लेषण, विपद् प्रतिकार्य, जनस्वास्थ्य, खोज तथा उद्धार, पोषण साथै पुनःस्थापनामा गरिने कार्यहरुमा आर्टिफिसियल इन्टेलीजेन्सको प्रयोग गरी सफ्टवेयर निर्माण गरेका हुन् ।
आईतवारदेखि मंगलवारसम्म धुलिखेलमा आयोजना गरिएको ह्याकथनमा देशभरबाट छानिएका ७ वटा समूहले विपद् व्यवस्थापनका लागि बनाएको प्रविधिको विस्तृत प्रश्तुत गरेका थिए ।
ह्याकथनलाई नेतृत्व र मोनिटरिङ गर्नुभएका इन्जिनियरिङ अध्ययन संस्थानको विपद् अध्ययन केन्द्रका निर्देशक डाक्टर वसन्तराज अधिकारीले आर्टिफिसियल इन्टेलीजेन्सको अधिकतम प्रयोग गरी विकास गरिएको युवाहरुको आविश्कारले विपद् जोखिम न्युनिकरण कार्यलाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
Categorized in विज्ञान-प्रविधी