को नेताले कसरी नयाँ वर्षको शुभकामना दिए ?
SamacharDesk – बिराज | २०८० बैशाख १, शुक्रबार

विभिन्न दलका नेताहरुले सामाजिक संजालमार्फत सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभ कामना दिएका छन् ।
कसैले साधारण ढङ्गले शुभकामना मात्र दिएका छन् भने कुनै नेताले संकल्प पनि गरेका छन् । कसैले उप निर्वाचनको प्रचारको माध्यम पनि बनाएका छन् ।
यसै क्रममा नेपाली काँग्रेसका सभापति साथै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले साधारण ढङ्गले सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना दिएका छन् ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नयाँ वर्षको शुभकामना दिँदै संकल्प गरेका छन् ।
थापाले राजनीतिक प्रणाली, राजनीतिक दल र राजनीतिक व्यक्तित्वप्रति क्षीण हुँदै गएको जनविश्वासलाई पुनः जागृत गराउन प्रयास गर्ने र राजनीतिलाई परिणाममुखी बनाउने प्रयास गर्ने संकल्प पनि लिएका छन् ।
हाम्रो राजनीतिक प्रणाली,राजनीतिक दल र राजनीतिक व्यक्तित्वप्रति क्षीण हुँदै गएको जनविश्वासलाई पुनः जागृत गराउन र राजनीतिलाई परिणाममुखी बनाउन सतत प्रयास गर्ने सङ्कल्प सहित नयाँ वर्ष शुरु गरेको छु।
— Gagan Thapa (@thapagk) April 14, 2023
यहाँहरू सम्पूर्णमा नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना! pic.twitter.com/uK6lKvBt7b
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भने नयाँ वर्षको शुभकामना सन्देशसँगै आसन्न उप निर्वाचनको प्रचार पनि गर्न भ्याएका छन् ।
सामाजिक संजालको भित्तामा राखिएको उनको नयाँ वर्षको सन्देशमा ‘नयाँ वर्ष, नयाँ भूमिकाका लागि हार्दिक शुभकामना’ भनेर लेख्दै आसन्न उप निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारहरुको तस्वीर राखेका छन् ।
नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोतर प्रगतिको कामना गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्षको शुभकामना दिँदै वर्ष अंक र पात्रोमा फेरीने पाना मात्र नभएको भनेका छन् ।
‘यो यस्तो काँचुली हो, जसले हरेक वर्ष हामीलाई आउने समयसँग जुध्न ओत दिन्छ । यो नयाँ वर्षमा हामी सबैलाई ओत मिलोस्’ लामिछानेले भनेका छन् ।
वर्ष अंकमात्रै होइन । वर्ष पात्रोमा फेरिने पानामात्रै होइन।यो त्यस्तो काँचुली हो, जसले हरेक वर्ष हामीलाई आउने समयसँग जुध्न ओत दिन्छ।यो नयाँ वर्षमा हामी सबैलाई ओत मिलोस्।हिजोका आशा सफलता बन्दै भऱ्याङ चढून्। शुभकामना ! pic.twitter.com/b7W5vQdMdd
— Rabi Lamichhane (@hamrorabi) April 14, 2023
नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले वि.सं. २०७९ लाई विदाई र २०८० लाई स्वागत गर्दै देशमा सुशासन र समृद्धि र सबैको जीवनमा सुखशान्तिको कामना गरेका छन् ।
साथमा उनले गत वर्ष आफुले पढेका किताबमध्ये स्वादिलो र उपयोगी लागेको भन्दै केही किताबको फोटो राखेर भ्याए, पाएसम्म पढ्न आग्रह गरेका छन् ।
Categorized in राष्ट्रिय