नेवाः आइडल आश्रयको गीत सार्वजनिक
SamacharDesk – बिराज | २०८२ आषाढ ११, बुधबार

नेवाः आइडल सिजन २ का विजेता आश्रय रंजितको नयाँ गीतसार्वजनिक भएको छ ।
संसार्स अनलाइन सिंगिग स्टार्स (SOSS) का समेत विजेता रंजितबाट गाइएको गीत ‘जीवनको हर मोडमा’को म्यूजिक भिडियो आज (बुधबार) अडियो नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
नयाँ गीत सार्वजनिक हुँदा आफु निकै खुसीको साथमा उत्साहित रहेको गायक रंजित बताउँछन् ।
‘राम्रो गीत बनेको छ, मैले पनि राम्रो गाउन कोशिश गरेको छु । सबैले सुनिदिनु हेरिदिनु होला, प्रतिक्रिया दिनुहोला’ रंजितले भने ।
सार्वजनिक भएको उक्त म्यूजिक भिडियोमा राकेश मानन्धर र मीरा डंंगोलको साथमा अशोक कुमार शिवा, वीणा मानन्धर र विपिन खड्गीले अभिनय गरेका छन् । छायाङ्कन, दृश्य सम्पादनको साथमा निर्देशन बुद्ध सायमिले गरेका छन् भने गीतका संगीतकार र संगीत संयोजक सायमि नै हुन् ।
‘नयाँ प्रतिभाहरु अगाडी आउन्, नयाँ प्रतिभाहरुले स्थान पाओस् भन्ने मेरो उद्देश्य हो । त्यहि उद्देश्य प्राप्तीमा पाइला चाल्ने क्रममा यो गीत आएको छ, सबैले माया गरिदिनुहोला’ सायमिको भनाइ रहेको छ ।
गीतको रचना अशोक कुमार शिवाले गरेका छन् ।
Categorized in पेजथ्री