arin enterprises

नेवाःको भविष्य सम्वन्धमा विचार गोष्ठी हुँदै

SamacharDesk – बिकाश | २०७८ पौष १२, सोमबार

नेवाः समुदायको भविष्य सम्वन्धमा सरोकारवालहरुबीच विचार गोष्ठी हुने भएको छ । नेवाः जातिय महासंघले भोलि मंगलबार ‘नेवाःतय् भविष्य’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो ।

गोष्ठीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थिती रहने महासंघका अध्यक्ष मनोज नेवाः खड्गीले जानकारी दिनुभयो ।

‘काठमाडौं उपत्यकाको रैथाने नेवाः कुनै बेला निकै अगाडी रहने गर्दथ्यो तर, अहिले हरेक क्षेत्रमा नेवाःको अस्तित्व संकटमा पर्दै गइरहेको छ’, खड्गीको भनाई हो, ‘ गोष्ठीबाट मूल समस्याको पहिचान गर्ने र समस्या समाधानमा ठोस पहल गर्ने हाम्रो उद्देश्य हो ।’

नेवाः आन्दोलनमा निरन्तर सक्रिय रहेका केही अगुवाहरुलेसमेत गोष्ठीमा विचार राख्ने अध्यक्ष खड्गीले बताउनुभयो ।

कार्यक्रम भोलि क्षेत्रपाटीमा आयोजना गर्न लागिएको छ ।

Categorized in समाज