arin enterprises

पूर्व प्रतिवद्धता अनुसार अघि बढ्ने नवनिर्वाचित अध्यक्ष महर्जनको भनाई

SamacharDesk – बिराज | २०७८ पौष २६, सोमबार

ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिका नवनिर्वाचित अध्यक्ष पंचनारायण महर्जनले अब संगठनलाई आफ्नो पूर्व प्रतिवद्धता अनुसार अगाडी नै बढाउने बताउनुभएको छ ।

समाचारडेस्कसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पंचनारायणले आफुले अधिवेशन अघि गरेको प्रतिवद्धता अनुसार नै संगठनलाई अघि बढाउने बताउनुभएको हो ।

‘ज्यापु जातिको उत्थान र विकासको लागि यस जातिसँग सम्वन्धि मूर्त, अमूर्त धर्म, संस्कृतिको संरक्षण, अभिलेखीकरण आदिलाई अगाडी बढाउनेछु । विभिन्न ज्यापु, गैर ज्यापु संघसंस्थासँगसमेत समन्वय गर्दै योजना र कार्यक्रमहरु बनाउनेछु’ अध्यक्ष महर्जनले भने ।

महर्जनले महागुथि महानगर समितिको एकिकृत अधिवेशन पूर्व १९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । सो प्रतिवद्धता पत्रमा ज्यापुसँगै नेवार समुदायको मूर्त अमूर्त धर्म, सम्पदा, संस्कृति, युवा लक्षित, महिला लक्षित विभिन्न कार्यक्रमहरु राखिएका छन् ।

साथमा समुदायको राजनैतीक, आर्थिक, शैक्षिक विकासको पनि प्रतिवद्धता जाहेर गरिएको छ । विभिन्न संचारमाध्यममार्फत ज्यापु समुदाय सम्वद्ध कार्यक्रमहरु संचालन गर्ने, विकसित विज्ञान प्रविधिसँगै समुदायलाई अगाडी बढाउने प्रतिवद्धता महर्जनले व्यक्त गरेका छन् ।

काठमाडौंमा आइतबार सम्पन्न महागुथि महानगर समितिको एकिकृत अधिवेशनको निर्वाचनमा महर्जन अध्यक्षमा निर्वाचित भएका हुन् ।

यो लिंक पनि हेर्नुहोला : ज्यापु महागुथि काठमाडौं महानगरमा पंचनारायणको नेतृत्व

Categorized in समाज