arin enterprises

आज २०औं निजमति दिवस

SamacharDesk | २०८० भाद्र २२, शुक्रबार

२०औं निजामति दिवस आज मनाइँदैछ ।

२०६२ सालदेखि मनाउन लागिएको निजामति दिवसको यो वर्षको नारा “व्यावसायिक र  सिर्जनशील प्रशासनः विकास, समृद्धि र  सुशासन” भन्ने तय गरिएको छ ।

नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियूक्त प्रशाशक या भनौ कर्मचारीले दिने सेवाको आज दिवस हो , निजामती दिवस ।

बिसं २०६२ सालवाट यस दिवसको शुरुवात भएको हो, बास्तवमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो ।

यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात् सेवानिवृतहरुलाई पनि सम्मान गर्ने आदि बिभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गर्दछ ।

सोही अनुरुप हिजो बसेको मन्त्रिपरिषद् बैठकले ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ । जस अनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार दिइने छ । यो वर्ष पनि सवोत्कृष्ट निजामति कर्मचारी फेला नपरेका कारण उक्त पुरस्कार नदिइने भएको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का छन् ।

यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव रामप्रसाद लामिछाने, मालपोत कार्यालय खाँदवारीका मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्यूटर अधिकृत सुनिलकुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजस्व कार्यालय हेटौडाका नायव सुब्बा शुभ लक्ष्मी लामा पनि उत्कृष्ट निजामति पुरस्कार पाउने कर्मचारीको सूचिमा परेका छन् ।

निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतुलनिय हुन्छ ।

निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरुवाट ब्यवहारले सुशाशन र प्रशासन प्रति जनविश्वास जाहेर गर्दछ ।

जर्मनका विश्वप्रसिद्ध समाजशास्त्री एवं दार्शनिक म्याक्श वेवरले कर्मचरीतन्त्र या भनौ निजामतीतन्त्रलाई आफ्ना विभिन्न पुस्तक र विचारहरुमा एकदमै गहन, संवेदनशील र आदर्श कर्मचारीतन्त्रकारुपमा ब्याख्या गरेका छन् ।

Categorized in राष्ट्रिय
SKIP THIS tihar2082