arin enterprises

नीलबाराही शिक्षा विकास कोषले एसईई पास गर्नेहरुलाई सम्मान गर्यो

SamacharDesk – राम डंगोल | २०८१ आश्विन १२, शनिबार

श्री नीलबाराही गुथी अन्तर्गत नीलबाराही शिक्षा विकास कोषले शनिबार एक कार्यक्रमबीच एसईई उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । 

विक्रम संवत २०६७ सालमा स्थापना भएको नीलबाराही शिक्षा विकास कोषले श्री नीलबाराही गुथीको सदस्यका छोराछोरीहरुलाई हरेक वर्ष प्रमाणपत्र तथा उपहारसहित सम्मान गरिंदै आइरहेको छ ।

सोही अनुरुप यो वर्ष पनि २०८० सालको एसईई परीक्षामा उत्तिर्ण भएका भाइबहिनीहरुलाई उपहारसहित प्रमाणपत्र वितरण गरी सम्मान गरिएको छ । कोषले यो वर्ष ६ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

शनिबार सम्पन्न कार्यक्रमको मुख्य अतिथि अभियन्ता सुमन सायमीको आतिथ्यमा सुरु भएको थियो । सो अवसरमा अभियन्ता सायमीले गुथीको महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले गुथी भनेको पहिला पहिला समाज चलाउन बनाइएको सरकार तथा सत्ता भएको जिकिर गर्नुभयो ।

पहिला पहिला जति पनि विकास निर्माणका कार्यहरु मठमन्दिर बनाउने जस्ता कार्यहरु गुथीबाटै बन्न गरेकोले आजकालका युवायुवतीहरुलाई गुथीको महत्वबारे ज्ञान दिनुपर्ने बताउनुभयो ।

गुथीलाई बचाइराख्न सक्यो भने मात्र हाम्रो सभ्यता, संस्कृति, पहिचान बचाइराख्न सक्ने कुरा आजका पुस्तालाई सिकाउनुपर्ने जिकीर गर्नुभयो । उहाँले नेवाः समुदायका युवायुवतीहरुलाई राजनीतिमा जान प्रेरित गर्नुभयो ।

“हामीले आफ्नो भूमिको रक्षाका लागि अब अभियान मात्र चलाएर पुग्दैन, अब नेवाःहरुको मुद्दालाई सशक्त ढंगले अगाडि सार्न पनि आजका युवाहरुले राजनीतिमा लाग्नुपर्ने आवश्यक भइसकेको छ”, उहाँले बताउनुभयो ।

कार्यक्रममा विभिन्न नेवारी सांस्कृतिक नृत्यहरु प्रदर्शन गरेको थियो ।

Categorized in समाज
SKIP THIS dahain 2081