नमूना कलेजको फेसन शोमा निर्मिति नव्यता
SamacharDesk – समाचारडेस्क इन्टरटेनमेन्ट डेस्क | २०८० चैत्र २७, मंगलबार

नमूना कलेज अफ फेसन टेक्नोलजीको १८औं ब्याचका ग्राजुएटिङ फेसन डिजाइनहरुको फेसन शो सम्पन्न भएको छ ।
आइतबार काठमाडौंको बौद्धस्थित हायात रेजेन्सीमा सम्पन्न कार्यक्रममा कलेजका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका ८ वटा क्रिएटिभ वेयर गरी ७९ वटा सृजनाहरु र्याम्पमाथि प्रस्तुत गरिएको थियो ।
कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिसंगै शुभारम्भ भएको ग्राजुएसन फेसन शो ‘निर्मिति नव्यता’सँगै सम्पन्न भएकाे थियो ।
सकरात्मकता, स्वाबलम्बन, सीप र शिक्षाको भाव झल्किने डिजाइनर साडीमा उपस्थित भएकी तुलाधरको रनवे उपस्थितिलाई शान्ति र समृद्धिलाई झल्काउने विविध तत्वबाट प्रेरित पहिरनमा सजिएका मोडलहरुले साथ दिएका थिए ।
यो फेसन शो चार वर्षको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम सेमेष्टरको पढाई अन्तर्गतको प्रयोगात्मक परिक्षाको एउटा महत्वपूर्ण पाटोको रुपमा रहेको छ ।
शोमा यस पटक मिस्टिकल क्रिएचर अवधारणामा योकाई, फ्रुटि टोन्स अवधारणमा अलंकृत फल, चेन चिक इन डेनिम कुटर अवधारणामा जेन मेराकी, हार्मोनिया भेस्टिस अवधारणामा हार्मोनिया भेस्टिस अवधारणामा डिजाइनर पहिरनहरु प्रस्तुत गरिएको थियो ।
साथमा फजेज् अफ प्रिसिपिटेसन अवधारणामा मिड नाइट रेन, र्याडिएन्ट रिफ्लेक्सन अवधारणामा आर्ट डेको ग्ल्याम, म्याक्रोम अवधारणामा रग एल्युर तथा फ्रस्टी फ्लोरिसेस् अवधारणामा फ्रस्टि अरा गरी ८ वटा विविधता युक्त अवधारणामा पहिरनहरु प्रस्तुत गरिएकाे थियाे ।
हरेक राउन्डको अन्तिम सृजना, कल्पना, मिहेनत र मेकिङ अद्भुत समायोजन भएका क्रिएटिभ वेयरले रनवेमा उपस्थिति जनाएको थियो ।
जसअन्तर्गत मोडलहरुले क्रिएटिभ वेयर तथा सोही क्रिएटिभ वेयरको मिनि भर्सन अर्थात् डल ड्रेस स्वरुप पनि एक साथमा अनुभव गर्न पाइएको थियो ।
२३ जना युवती मोडलहरु र ९ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न उक्त फेसन शोको सम्पूर्ण मेकिङ कलेजको १८औं ब्याचका ७१ जना विद्यार्थी डिजाइनरहरुको आयोजन, व्यवस्थापन तथा प्रस्तुतिको समग्र जिम्मेवारीमा सम्पन्न भएको थियो ।
कार्यक्रमको कोरियोग्राफी र निर्देशन संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् ।
कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित फेसन क्याटलग तेस्रो संस्करणलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. शैलेश मणि पोखरेल, रजिष्ट्रार निलमणी पोखरेल, व्यवस्थापन संकायका डीन डा. सन्देश डास श्रेष्ठ, एग्ज्याम कन्ट्रोलर बलेन्डु हमाल र नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले संयुक्त रुपमा विमोचन गरेका थिए ।
परिक्षा रुपी फेसन शोमा फेसन अध्यापकद्वय राजेन्द« सिंह र कुश्मा श्रेष्ठ, फेसन डिजाइनरद्वय अनु श्रेष्ठ र सविना चौधरी, साखः ग्रुपका अध्यक्ष किरण साखः, राष्ट्रिय सीप परिक्षण समितिका कार्यकारी निर्देशक डा. कुल बहादुर बस्नेत, प्रोफेसर डा. जया प्रधान तथा उद्यमी व्यवसायी एवं पियर क्लोदिङका संस्थापक अध्यक्ष पशुपति देव पाण्डे निर्णायकको भूमिका निर्वाह गरेको थिए ।
करिब तीन घण्टा फेसनमय बनेको सो कार्यक्रममा भारतीय राजदूतावास, बंगालदेशी राजदूतावास तथा भारत नयाँ दिल्ली स्थित नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलजी, एनआईएफटीका प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो ।
Categorized in पेजथ्री