महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्ने नपाउने
SamacharDesk – राम डंगोल | २०७९ आषाढ १७, शुक्रबार

केही सयम यता आएर काठमाडौंमा मगन्तेहरु जताततै भेट्न थालेपछि काठमाडौं महानगरपालिकाले त्यस्ता भिक्षा माग्न निषेध गरिएको छ ।
काठमाडौं महानगरपालिकाले आज एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो ।
साथै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न दुरुत्साहन नगर्न पनि महानगरले आग्रह गरेको छ ।
हिजोआज कोटेश्वर, बानेश्वर जस्ता व्यस्त सडकमा रातो बत्ती बल्नेवित्तिकै मगन्तेहरु रोडमै आएर माग्ने आउनेहरु निकै बढ्न थालेको छ ।
त्यस्तै वसन्तपुर, पाटन दरबार क्षेत्र जस्ता ऐतिहासिक सहरमा समेत मगन्तेहरुले गर्दा त्यहाँ आउने पर्यटक लगायत अन्य व्यक्तिहरु आजित भइरहेको छ ।
तर साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग्ने कार्यमा भने महानगले रोक लगाएको छैन ।
असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक मानवको यथोचित व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको समेत महानगरले जानकारी गराएको छ ।
Categorized in राष्ट्रिय