अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
SamacharDesk – Ram Dangol | २०८१ आषाढ १३, बुधबार

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ ।
दिवसकै अवसरमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण शाखा मूल आयोजक समितिले विभिन्न जनचेतना मूलक कार्यक्रमको अन्तर्गत आज विहान काठमाडौंमा काठमाडौँमा प्रभात फेरी आयोजना गरेको छ ।
संयूक्तराष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस का रुपमा मनाउने निर्णय गरेको थियो।
यस दिनको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोवारवाट मुक्त गराउनु हो । विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता अनि कारोवारीहरु यूवा नै छन् किनभने यो उमेरमा मान्छेहरु अत्यन्त जोखिम अनि तरल अवस्थामा हुने गर्दछन् भनेर मनोविज्ञहरुले बताँउदछन् ।
अझ थोरै समयमा धेरै पैसो कमाउने लालसा अनि नशाको लतले त झन यूवाहरुलाई जोखिमको घेरामा राखिरहेको पाइन्छ ।
विश्वमा गएको शताव्दीवाट लागुऔषधको कारोवारको गुणा धेरै बढेको पाइन्छ, लागुऔषधको असन्तुलीत प्रयोगले मात्र विश्वमा हरेक वर्ष १९०००० मान्छे मर्ने गर्दछन् भने यसको प्रयोग गर्ने मान्छेहरुको सख्याँ यकिन गर्न सक्ने अवस्थामै छैन् ।
नेपालको सन्दर्भमा भारतसँग खुला सीमा भएकाले नाकाबाटै लागू औषध भित्रिने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । पारिवारिक, सामाजिक र अन्य कारणले लागू औषधको दुव्र्यसनीमा फस्ने युवाहरुको संख्या बढ्दै गएको गइरहेको छ ।
पछिल्लो समय मुलुकभर लागू औषध ओसारपसारका घटनामा वृद्धि भएका छन् । खुल्ला सीमाका कारण तराईका विभिन्न स्थानबाट लागू औषध नेपालमा भित्रने क्रम बढेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा लागुऔषधका घटनामा वृद्धि भएको बताउँछ ।
नेपालमा वार्षिक ११ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ता बढ्ने गरेको तथ्यांकले देखाएको छ ।
अधिकांस युवाहरु यस्तो कुलतमा फस्ने गरेको हुँदा अभिभावकहरुले आफ्नो सन्तान प्रती निगरानी बढाउन आवश्यक छ ।
Categorized in राष्ट्रिय