arin enterprises

पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

SamacharDesk | २०८१ पौष १२, शुक्रबार

भारतका पूर्वप्रधानमन्त्री डाक्टर मनमोहन सिंहको निधन भएको छ ।

९२ वर्षको उमेरमा हिजो बेलुकी सिंहको निधन भएको हो । सिंहको स्वास्थ्य बिग्रिएपछि हिजो साँझ नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा भर्ना गरिएको थियो ।

एम्सको मिडिया सेलले सिंहको निधन भएको जानकारी दिएको छ । घरमै बेहोस भएपछि सिंहलाई एम्सको इमर्जेन्सीमा लगिएको थियो ।

भारतिय समय अनुसार राति ९ बजेर ५१ मिनेट जाँदा उहाँको मृत्यु भएको जनाइएको छ । मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री हुनुभएको थियो ।

उहाँ सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ सन् १९९१ देखि ९६ सम्म देशको अर्थमन्त्री बन्नुभएको थियो । त्यतिबेला पीवी नरसिंह राव देशको प्रधानमन्त्री हुनुहुन्थ्यो ।

नरसिंह रावलाई देशमा आर्थिक उदारीकरणका पिता मानिन्छ । मनमोहन सिंहले त्यतिबेला आफ्नो नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

सिंहको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदील गहिरो दुखः व्यक्त गर्नुभएको छ । भारत सरकारले सात दिनसम्म राष्ट्रिय सोकको घोषणा पनि गरेको छ ।

सिंहको भोलि अन्त्येष्टि गरीने भएको छ । भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले सिंहलाई एक सफल र दुरदर्शी नेताको रुपमा सम्झिनुभएको छ ।

Categorized in अन्तर्राष्ट्रिय