arin enterprises

पाटन दरबार क्षेत्र भित्र आजबाट पार्किङ्ग निषेध

SamacharDesk – समाचार डेस्क | २०७८ चैत्र १४, सोमबार

पाटन दरबार क्षेत्र भित्र आजबाट पार्किङ्ग गर्न निषेध गरिएको छ ।

पाटन दरबार क्षेत्र भित्र जथाभावि पार्किङ्ग गरिँदा ट्राफिक जामका साथै ऐतिहासिक दरवार क्षेत्रको सौन्दर्यमा समेत असर परेको भन्दै पार्किङ निषेधको नियम लागू गरिएको हो ।

ललितपुर महानगरपालिका १६ बडा कार्यालयले आज एक सूचना जारि गर्दै पार्किङ्ग निषेधको घोषणा गरेको हो ।

‘जथाभावी पार्किङ गर्ने परिपाटीले दरवार क्षेत्र जस्तो सम्वेदनशील क्षेत्रलाई नै असर पुगेको अवस्था छ । ट्राफिक जाम, बटुवालाई हिँड्नसम्म पनि समस्या हुँदा यो नियम लागू गरिएको हो’ १६ वडाका वडाध्यक्ष निर्मलरत्न शाक्यले भने ।

कसैले पार्किङ निषेधको नियम उल्लंघन गरेमा ट्राफिक प्रहरीद्वारा कारबाही गरिने सूचनामा भनिएको छ ।

टोलवासीहरुको लागि भने वडा कार्यालय र मंगल टोल सुधार समितिबाट पासको व्यवस्था गरिएको जानकारी वडा कार्यालयले दिएको छ । साथै वडा कार्यालयमा सम्पर्क गरी पास लिनको लागि पनि वडाले स्थानीयवासीलाई अनुरोध गरेको छ ।

Categorized in स्थानीय