arin enterprises

ओलम्पिक कमिटिबाट खेलकुद तथा वातावरण आयोगलाई स्वागत

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ९, मंगलबार

नेपाल ओलम्पिक कमिटीले आज खेलकुद तथा वातावरण आयोगका सदस्यहरुलाई स्वागत गरेको छ । अध्यक्ष गोवद्र्धन श्रेष्ठ लगायत आयोगका ११ सदस्यहरुलाई ओलम्पिक कमिटिले स्वागत गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पक कमिटीका अध्यक्ष साथै संघीय सांसद जीवनराम श्रेष्ठले आयोगले खेलकूद कार्यक्रमसँगै वातावरणीय संरक्षण र वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिएर अगाडी बढाउन आग्रह गर्नुभयो ।

सो क्रममा आयोगका अध्यक्ष श्रेष्ठले आगामी १५ दिनभित्र कार्य योजनासहित आयोगको पदाधिकारीहरुको बैठक बसी योजनाको कार्यान्वयनमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आयोगका अध्यक्ष श्रेष्ठ अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरिक्षक हुनुहुन्छ भने वहाँ टेबल टेनिसका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी समेत रहिसक्नु भएको छ ।

सोही कार्यक्रममा ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले आयोगका पदाधिकारीहरुलाई प्रमाण पत्र  हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष साथै कार्यकारी र्निदेशक चतुरानन्द राज बैद्य, महासचिव निलेन्द्र राज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Categorized in स्पाेर्ट्स