arin enterprises

चिकित्सक संघको आन्दोलनका कार्यक्रम सार्वजनिक

SamacharDesk – समाचारडेस्क – मेडिकल ब्युरो | २०७५ आषाढ २३, शनिबार

चिकित्सा क्षेत्र सुधारको माग राख्दै १५औं पटक अनशनरत् डा. गोविन्द केसीको माग पूरा गरिादिन माग गर्दै नेपाल चिकित्सक संघले विरोधका कार्यक्रम अघि सारेको छ ।

संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शुक्रबारैदेखि देशभरका सबै स्वास्थ्य संस्थामा कालोपट्टी बाँधेर काम सुरु गर्ने जनाएको हो ।

असार २४ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ज्ञापनपत्र बुझाएको ७२ घन्टासम्म पनि माग सम्बोधन नभए थप विरोधका कार्यक्रम ल्याउने संघले जनाइएको छ ।

चिकित्सा क्षेत्र सुधारको पक्षमा चिकित्सक संघको सहमति रहेको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताउनुभयो ।

साथै अध्यक्ष श्रेष्ठले चिकित्सा शिक्षा सुधार प्रतिवेदनले दिएको सुझाव नै  तीन वर्ष भइसकेकाले अब सरकारले समय सन्दर्भअनुसारको ऐन बनाउनुपर्ने बताए ।

उता, डा. केसीको स्वास्थ्य अवस्था भने खस्कँदै गएको बताइएको छ । डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुले केसीको रोगसँग लड्ने क्षमता कम हुँदै गएको बताएका छन् ।

Categorized in राष्ट्रिय