ब्राइटनलाई हराउँदै म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १७, बुधबार

इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
ब्राइटनको घरेलु मैैदान फाल्मर स्टेडियममा भएको खेलमा म्यानचेस्टरको लागि मेसन ग्रिनउडले खेलको १६औं मिनेटमा पहिलो गोल गरे ।
त्यस्तै ब्रुनो फर्नान्डीसले टीमलाई दुई गोल दिए । फर्नान्डिसले २९औं र ५०औं मिनेटमा गोल गर्दै म्यानचेस्टरलाई लागि ३–० को नतिजाले जित दिलाए ।
यो जित पछि म्यानचेस्टर पाँचौ स्थानमा उक्लिएको छ । म्यानचेस्टरले ३२ खेलबाट ५२ अंक जोडेको छ ।
त्यस्तै वुल्भस र म्यान युनाइटेडले ३२ खेलबाट ५२ अंक जोडेको छ । तर गोलअन्तरको आधारमा वुल्भ्स छैटौं स्थानमा झरेको हो ।
मंगलबार भएको अर्को खेलमा बर्न्लेले क्रिस्टल प्यालेसलाई १–० ले हराएको छ ।
लिगको उपाधि जितिसकेको लिभरपुल ३१ खेलबाट ८६ अंक जोड्दै शिर्ष स्थानमा छ ।
दोस्रो स्थानको म्यानचेस्टर सिटीको ३१ खेलमा ६३ अंक, तेस्रो स्थानको लेस्टरको ३१ खेलमा ५५ अंक र चौथो स्थानको चेल्सीको ३१ खेलमा ५४ अंक छ ।
Categorized in स्पाेर्ट्स