युभेन्टसद्वारा जेनोआ पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १७, बुधबार

इटालियन सिरि ए मा शीर्ष स्थानको युभेन्टसले जेनोआ विरुद्धको खेलमा जित हात पारेको छ ।
मंगलबार राति भएको खेलमा युभेन्टसले जेनोआलाई उसकै घरेलु मैदान लुइजी फेरारीसमा ३–१ गोलले पराजित गरिदिएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५०औं मिनेटमा पाब्लो डिबालाको गोलबाट युभेन्टसले अग्रता लियो ।
फेरी त्यसको ६ मिनेटपछि युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए ।
त्यस्तै ७३औं मिनेटमा डोउग्लस कोस्टाले युभेन्ट्सका लागि तेस्रो गोल गरे ।
७६औं मिनेटमा पिनामोन्टीले जेनोओका लागि सान्त्वना गोल गरे ।
मंगलबार भएको अर्को खेलमा दोस्रो स्थानको लाजियोले टोरिनोलाई २–१ ले हराएको छ ।
लिगमा शीर्ष स्थानको युभेन्टसले २९ खेलबाट ७२ अंक जोड्दा दोस्रो स्थानको लाजियोको २९ खेलबाट ६८ अंक रहेको छ ।
Categorized in स्पाेर्ट्स