arin enterprises

लाजियोको हारबाट युभेन्टसलाई फाइदा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २१, आइतबार

इटालियन सिरि ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई ४–१ गोलले पराजित गर्दै उपाधिसँगको दुरी छोट्याएको छ ।

युभेन्ट्सको घरेलु मैदान अल्लीएन्ज स्टेडियममा खेलिएको खेलमा पाब्लो डिबालाले युभेन्ट्सका लागि खेलको ३औं मिनेटमा पहिलो गोल गरेका थिए । जुआन क्वाड्रार्डोले २९ औं मिनेटमा युभेन्ट्सको अग्रता दोब्बर पारे ।

त्यस्तै युभेन्ट्सको स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ६१ औं मिनेटमा फ्रिकिक मार्फत अर्को गोल थप्दै युभेन्ट्सलाई ३–१ को नतिजा दिलाए । 

उनले हानेको फ्रिकिकमा बलले सिधैं गोलपोस्टको दिशा लिएको थियो ।

युभेन्ट्सको लागि चौथो गोल भने टोरिनोले नै दिए । ८७औं मिनेटमा कोफ्फी डिजिडिजिले आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए ।

टोरीनोको लागि एन्ड्रिया बेलोट्टीले सान्त्वना गोल दिए । बेलोट्टीले पहिलो हाफको इन्जुरी टाइममा पाएको पेनाल्टीमार्फत टोरिनोको लागि सान्त्वना गोल गरे ।

शनिबार राति भएको अर्को खेलमा दोस्रो स्थानको लाजियोलाई एसि मिलानले ३–० गोलले पराजित गरेको छ ।

यो खेल लाजियोको घरेलु मैदान स्ट्याडियो ओलिम्पीकोमा खेलाइएको खेलमा एसि मिलानका लागि हाकान कालहनोग्लुले २३ औं मिनेटमा, जल्टान इब्राहिमोभिचले पेनाल्टी मार्फत ३४ औं मिनेटमा र आन्टे रेभिचले ५९औं मिनेटमा गोल गरेका थिए ।

लाजियोको यो हारले शिर्ष स्थानको युभेन्ट्सलाई भने फाइदा भएको छ ।

शनिबारको खेलहरु पछि दोश्रो स्थानको लाजियो शिर्ष स्थानको युभेन्ट्ससँग ७ अंकले पछि

युभेन्ट्सको ३० खेलबाट ७५ अंक छ भने लाजियोको ६८ अंक छ ।

Categorized in स्पाेर्ट्स