आजमात्रै उपत्यकाभित्र ५४ जना संक्रमित थप
SamacharDesk – विकाश | २०७७ आषाढ २२, सोमबार

आज पनि काठमाडौं उपत्यकाका तीनटै शहरमा कोरोना भाईरस (कोभिड १९) का संक्रमित फेला परेका छन् ।
आज काठमाडौंमा मात्रै २४ जनामा संक्रमण देखिएको छ भने ललितपुरमा २० र भक्तपुरमा १० जना नयाँ संक्रमित देखिएका छन् ।
यसैगरी लमजुङमा ११ जना, सप्तरी, कास्की र कैलालीमा ८/८ जना, गोरखामा ७ जना, सर्लाही, रौतहट र बागलुङमा ६/६ जनामा र झापा, नवलपरासी, मकवानपुर र डडेलधुरामा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।
चितवन, काभ्रेपलान्चोक, पाल्पा, प्यूठानमा ४/४ जना, सिराहा, खोटाङ, ओखलढुङ्गा, सिन्धुपाल्चोकमा ३/३ जना, सुनसरी, दाङ, दोलखा र सिन्धुलीमा २/२ जना संक्रमित भेटिएका छन् ।
साथै, नुवाकोट, बारा, धादिङ, नवलपरासी पूर्व, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची, उदयपुर, जाजरकोट र जुम्लामा एक/एक जना नयाँ संक्रमित थप भएका छन् ।
आज कुल एक सय ८० जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय