arin enterprises

हट्यो म्यानचेस्टर सिटी माथिको प्रतिबन्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २९, सोमबार

आर्थिक नियम तोडेको आरोपमा म्यानचेस्टर सिटीमाथि लागेको प्रतिबन्ध हटेको छ । 

सोमबार कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्सको अन्तिम फैसलासँगै सिटीमाथिको प्रतिवन्ध हटेको हो ।

योसँगै सिटीले अब आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग खेल्न पाउने भएको छ ।

गत फेब्रुअरीमा युरोपियन फुटबल महासंघ (युइएफए) ले म्यानचेस्टर सिटीलाई आर्थिक नियम तोडेको भन्दै प्रतिबन्ध लगाएको थियो ।

युइएफएको आर्थिक नियन्त्रण निकायले सिटीलाई दुई सिजनका लागि युरोपियन प्रतिस्पर्धामा सहभागी हुन नपाउने र ३० मिलियन यूरो जरिवाना तिर्नुपर्ने निर्णय गरेको थियो ।

सिटिले उक्त निर्णयविरुद्ध कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्समा अपिल गरेको थियो ।

कोर्टको सोमबार यस मुद्दामा फैसला सुनाउँदै सिटीमाथि लागेको प्रतिबन्ध हटाइदिएको छ ।  

साथै युइएफएले ३० मिलियन युरो जरिवाना दावी गरेकोमा कोर्टले १० मिलियन डलर मात्र जरिवाना तिरे पुग्ने फैसला गरेको छ ।

Categorized in स्पाेर्ट्स