arin enterprises

म्यानयुले तेस्रो हुने मौका गुमायो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ३०, मंगलबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड साउथह्याम्टनसँग बराबरीमा रोकिएपछि तेस्रो स्थानमा उक्लने मौकाबाट चुकेको छ ।

सोमबार राति भएको खेलमा साउथह्याम्टनसँग म्यानचेस्टर युनाइटेड २/२ गोलको बराबरीमा रोकिएको हो ।

म्यानयुले आफ्नै घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा खेलको अन्त्यसम्म पनि २–१ को अग्रता लिएको थियो । तर खेल सकिँदासम्म भने सो अग्रतालाई कायम गर्न नसक्दा बराबरीमा रोकिनुपरेको हो ।

खेलमा अग्रता भने साउथह्याम्टनले लिएको थियो । स्टेअर्ट आम्स्ट्रङ्गले १२ औं मिनेटमा गोल गर्दै साउथह्याम्टनलाई अग्रता दिलाएका थिए ।

म्यानयुकातर्फबाट मार्कस् रास्फोर्डले २० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । 

२३ औं मिनेटमा एन्थोनी मार्टियलले गोल गरेपछि म्यानयुले २–१ को अग्रता लिएको । खेलको अन्तिम समयसम्म पनि म्यानयुको अग्रता कायमै थियो ।

तर अन्तिम समयमा इन्जुरी टाइमको छैठौं मिनेटमा साउथह्याम्टनका माइकल ओबाफेमीले गोल गरेपछि म्यानयु बराबरीमा रोकिन बाध्य भयो ।

यो सँगै शीर्ष चारमा रहेर आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने म्यानयुको सपनामा धक्का लागेको छ ।

बराबरीसँगै म्यानयु ३५ खेलमा ५९ अंक जोड्दै पाँचौ स्थानमा सीमित भएको छ । 

समान खेलमा चौथो स्थानको लेस्टरको पनि ५९ अंक नै छ, चेल्सी ६० अंक सहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै लिगको उपाधि जितेको लिभरपुलको ९३ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको ७२ अंक रहेको छ ।

Categorized in स्पाेर्ट्स