सिरि ‘ए’मा इन्टर मिलान दोस्रो स्थानमा उक्लियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ३०, मंगलबार

इटालियन सिरि ‘ए’ मा इन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ ।
सोमबार राति भएको खेलमा टोरिनोलाई पराजित गर्दै मिलान दोस्रो स्थानमा उक्लिएको हो ।
आफ्नै घरेलु मैदान ज्युसेप्प मेज्जामा भएको खेलको पहिलो हाफमा १–० गोलले पछि परेको मिलानले दोस्रो हाफमा ३ गोल फर्काएर खेल आफ्नो पोल्टामा पारेको थियो ।
खेलमा पहिलो गोल टोरिनोका लागि एन्ड्रिया बेलोटीले १७ औं मिनेटमा गरे ।
दोश्रो हाफ शुरु भएको तेश्रो मिनेट अर्थात ४८ औं मिनेटमा एस्ले योङ्गले बराबरी गोल फर्काए । फेरी त्यसको तीन मिनेटपछि खेलको ५१ औं मिनेटमा डिएगो गोडिनले इन्टरका लागि दोश्रो गोल गर्दै टिमलाई अघि बढाए ।
त्यस्तै ६१ औं मिनेटमा लौटारोमार्टिनेजले मिलानका लागि तेस्रो गोले गर्दै टिमलाई ३–१ को नतिजासहितको जित दिलाए ।
यो खेलसँगै लिगमा दोस्रो स्थानमा उक्लिएको मिलानले ३२ खेलबाट ६८ अंक जोडेको छ ।
तेस्रो स्थानमा झरेको लाजियोको पनि समान खेलबाट ६८ अंक नै छ ।
लिगमा युभेन्ट्स ३२ खेलबाट ७६ अंक जोडेर शीर्ष स्थानमा छ ।
Categorized in स्पाेर्ट्स