arin enterprises

काठमाडौंसहित २५ जिल्लामा ११६ संक्रमित थप

SamacharDesk – विकाश | २०७७ आषाढ ३१, बुधबार

पछिल्लो २४ घन्टामा काठमाडौंसहित २५ जिल्लामा एक सय १६ जना कोभिड १९ का संक्रमित भेटिएका छन् ।

सबैभन्दा बढि सुर्खेतमा २८ जनामा संक्रमण पुष्टि भएको छ भने सप्तरीमा १३ र नवलपरासी पूर्वमा ११ जना संक्रमित देखिएका छन् ।

म्याग्दीमा ९, चितवनमा ८, काठमाडौंमा ७, धनुषामा ६ जना र रौतहट र सल्यानमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी कास्की, तनहुँ र दैलेखमा ३/३ जना, जुम्ला र डडेलुधुरामा २/२ जना संक्रमित देखिए ।

मोरङ, ताप्लेजुङ, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट, मुगु र धनकुटामा एक/एक जना नयाँ संक्रमित थप भएका छन् ।

आज देशभरिका २५ वटा प्रयोगशालामा गरिएको ५ हजार ९० नमूनाको पिसिआर परिक्षणमा जम्मा एक सय १६ जनामा संक्रमण देखिएको हो ।

Categorized in राष्ट्रिय