ला लिगाको उपाधि रियाल म्याड्रिडलाई
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ श्रावण २, शुक्रबार

स्पेनिस ला लिगाको यस सिजनको उपाधी रियाल म्याड्रिडले जितेकोे छ ।
बिहीबार रातिको खेलमा भिल्लारियललाई २–१ गोलले पराजित गर्दै रियालले उपाधी हात पारेकोे हो ।
आफ्नै घरेलु मैदान एस्टाडियो अल्फ्रेडो डि स्टेफानामा भएको यो खेलमा रियालका लागि दुवै गोल करिम बेन्जिमाले गरे ।
बेन्जिमाले खेलको २९ औं मिनेटमा पहिलो गोल गर्दा ७७ औं मिनेटमा पेनाल्टी मार्फत दोश्रो गोल गरेका थिए ।
भिल्लारियलका लागि भिसेन्टे इबोराले ८३ औं मिनेटमा गरेको गोल सान्त्वनामै सिमित बन्यो ।
यो जितसँगै रियालले एक खेल बाकि छँदै उपाधि हात पार्न सफल भएको हो ।
अन्तिम खेल बाँकि छँदा रियालले ८६ अंक जोडेको छ ।
यो समेत पछिल्लो १० वर्षमा रियालको यो तेस्रो उपाधि हो । यसअघि रियलले २०१७ र २०१२ मा पनि रियालले नै उपाधि जितेको थियो ।
समग्रमा भने रियालको लागि यो ३४औं ला लिगा उपाधि हो ।
Categorized in स्पाेर्ट्स