एनओसीका उपाध्यक्ष राजवैद्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी
SamacharDesk – विकाश | २०७७ श्रावण ७, बुधबार

नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशकको थप जिम्मेवारी दिइएको छ ।
एनओसीको विधान दफा ९ को उपदफा ३७ अनुसार उपाध्यक्ष राजवैद्यलाइ कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
योसँगै उनले एनओसीमा रहेर दैनिक गतिविधीहरु सञ्चालन गर्ने जिम्मेवारी समेत पाएका छन ।
एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभाका सदस्य जिवनराम श्रेष्ठले एनओसी भवनमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष राजवैद्यलाई कार्यकारी निर्देशकको पत्र हस्तान्तरण गर्नुभयो ।
कार्यकारी निर्देशकको जिम्मेवारी पाएका राजवैद्यले सन १९८५ मा नै एमविएको अध्ययन समेत पुरा गरेका छन भने उनी टेवल टेनिस डव्लस स्पर्धामा तिन पटकका राष्ट्रिय च्याम्पियन समेत हुन ।
राष्ट्रिय टेवल टेनिस सिंगल्समा तेश्रो भएका राजवैद्य अल नेपाल इन्टर कलेज टेवल टेनिसका च्याम्पियन समेत हुन ।
उनी २०४६ सालमा टेवल टेनिस संघको कार्यसमिती सदस्य र कोषाध्यक्षको जिम्मेवारीमा समेत रहीसकेका छन ।
विसं. २०६३ मा नेपाल टेवल टेनिस संघको अध्यक्ष रहेका राजवैद्यले दुई पटक निर्वाचित हुँदै त्यसको नेतृत्व सम्हालिसकेका छन् ।
सन २०११ देखि २०१५ सम्म एनओसीको सदस्य पदमा निर्वाचित उनी सन २०१९ देखि एनओसीको उपाध्यक्ष पदमा आशिन रहेका छन ।
उनी विगत ३२ वर्षदेखि एशिया प्यासिफिक ट्रेड कन्सर्नको कार्यकारी निर्देशकको रुपमा रहेका छन ।
Categorized in स्पाेर्ट्स