arin enterprises

अमिताभ बच्चन संक्रमणमुक्त भएका छैनन्

SamacharDesk – विकाश | २०७७ श्रावण ९, शुक्रबार

बलिउडका महानायक अमिताभ बच्चनले आफु कोरोनामुक्त भइनसकेको प्रष्ट्याएका छन् ।

भारतका विभिन्न न्यूज च्यानलले अमिताभ बच्चनको पछिल्लो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको समाचार प्रसारण गरेको थियो ।

सो समाचारको खण्डन गर्दै बिग बी अमिताभले सो समाचार गलत भएको बताए ।

ट्वीट गर्दै अमिताभले आफ्नो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको समाचार गलत भएको र ती समाचारहरु गैर जिम्मेवार रहेको बताए ।

 

केही दिन अघि अमिताभको साथै उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नाती आराध्यामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

उनको परिवारमा अमिताभकी श्रीमति जया बच्चनको रिपोर्ट मात्र नेगेटिभ आएको छ ।

हाल उनीहरु चारै जना मुम्बइस्थित नानावति अस्पतालमा उपचाररत छन् ।

Categorized in पेजथ्री