arin enterprises

नेइमारको गोलसँगै पिएसजीले जित्यो फ्रेन्च कपको उपाधी

SamacharDesk – विकाश | २०७७ श्रावण १०, शनिबार

फ्रेन्च कप फुटबलको उपाधी पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले जितेको छ ।

शुक्रबार राति भएको फाइनल खेलमा सेन्ट–इटिएनलाई १–० गोलले पराजित गर्दै पिएसजीले उपाधि उपाधी हात पारेको हो ।

पिएसजीको घरेलु मैदानमा भएको खेलमा नेइमारले १४ औँ मिनेटमा खेलको निर्णायक गोल गरे ।

३१ औं मिनेटमा लोइक पेरिनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछिको खेल सेन्ट–इटिएनले १० खेलाडीमा सीमित भएर खेल्नुपरेको थियो ।

यस खेलमा भने सिमित संख्यामा रंगशालामा दर्शक राख्न स्वीकृति दिइएको थियो ।

पिएसजीले १३ औँ पटक कपको उपाधि जितेको हो ।

Categorized in स्पाेर्ट्स