arin enterprises

कोरोना संक्रमणका कारण भारत उत्तर प्रदेशको मन्त्रीको निधन

SamacharDesk – बिकाश | २०७७ श्रावण १८, आइतबार

भारतको उत्तर प्रदेशकी एक क्याबिनेट मन्त्रीको कोरोना भाईरस (कोभिड १९) का कारण मृत्यु भएको छ ।

उत्तर प्रदेशकी प्रविधि शिक्षा मन्त्री कमला रानी वरुणको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनी लखनउस्थित एसजीपिजिआई अस्पतालमा उपचाररत थिइन् ।

सोही अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको हो ।

गत जुलाई १८ मा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

६२ वर्षीया कमला रानी सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै गत वर्ष मन्त्री बनेकी थिइन् ।

यस क्षेत्रबाट चुनाव जित्ने उनी भारतीय जनता पार्टीकी पहिलो विधायक हुन् । 

यसअघि कमला रानी भारतको लोकसभाकी पनि सांसद बनिसकेकी छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आजको अयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय