लोकगायक प्रेमराजा दम्पत्तीलाई कोरोना संक्रमण
SamacharDesk – बिकाश | २०७७ श्रावण २४, शनिबार

वरिष्ठ लोक गायक प्रेमराजा महत र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ ।
अमेरीका बस्दै आएका लोकगायक महतले फेसबुकमा स्टाटस अपडेट गर्दै आफु र आफ्नो पत्नी कविता केसी महतलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।
उनले आफ्नो स्टाटसमा समयमै सतर्कता अपनाउन अपील गर्दै ध्यान राख्दाराख्दै दुर्भाग्यबस आफुहरु कोरोनाबाट बच्न नसकिएको लेखे ।
संक्रमण पुष्टि भएपछि आफ्नै घरको एक कोठामा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा आइसोलेसनमा बसेको जानकारी पनि उनले दिएका छन् ।
उनले अगाडी लेखेका छन्, ‘यदि हाम्रो परिवारबाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्तिपनि शर्म नमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनु हुनेछ भन्ने पुर्णबिश्वासकासाथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु ।’
गायक महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत हुन् ।
