arin enterprises

अभिषेक पनि कोरोना मुक्त भए

SamacharDesk – बिकाश | २०७७ श्रावण २४, शनिबार

अभिषेक बच्चन पनि कोरोना मुक्त हुँदै घर फर्केका छन् ।

आज ट्वीटरमा ट्वीट गदै अभिषेकले आफ्नो पछिल्लो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

ट्वीटमार्फत उनले आफु र आफ्नो परिवारको लागि प्रार्थना गर्ने सबैलाई कृतज्ञता व्यक्त गरे ।

साथै आफ्नो उपचारमा खटिने नानावटि अस्पतालका नर्स र डाक्टरहरुप्रति आभार पनि प्रकट गरे ।

आफ्नो ट्वीटमा उनले लेखेको छन्, ‘बचन भनेको बचन नै हो । आज दिउँसो मेरो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । मैले भनेको थिएँ नि, मैले यसलाई हराउँछु भनेर ।’

 

अभिषेकका पिता अमिताभ बच्चनले पनि ट्वीट गर्दै आफ्नो छोरा कोरोना मुक्त भएकोमा खुसी व्यक्त गर्दै सबै शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेका छन् ।

केही दिन अघि मात्र अमिताभ बच्चन कोरोना पोजेटिभ देखिएका थिए भने पछि उनको परिवारको परिक्षण गरिँदा उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्यामा पनि संक्रमण पोजेटिभ देखिएको थियो ।

ऐश्वर्या र आराध्या शुरुमै निको भएर घर फर्केका थिए भने अमिताभ पनि केही दिन अघिमात्रै निको भई अस्पतालबाट डिस्चार्ज भएका थिए ।

आज अभिषेक पनि कोरोना संक्रमणबाट निको भएसँगै सम्पूर्ण बच्चन परिवार कोरोना मुक्त भएका छन् ।

Categorized in पेजथ्री