arin enterprises

मह जोडी चैत्यदेवी सिंह पुरस्कारबाट सम्मानित

SamacharDesk – बिकाश | २०७७ श्रावण २८, बुधबार

हास्य सम्राट मह जोडी ‘चैत्यदेवी सिंह पुरस्कारबाट सम्मानित भएका छन् ।

वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई ‘भुवन चैत्य वसुन्धरा फाउन्डेसन’ ले ५१ हजार राशीसहितको चैत्यदेवी सिंह पुरस्कारबाट सम्मानित गरेको हो ।

फाउन्डेसनले ललितपुरमा एक सामान्य किसिमको कार्यक्रम आयोजना गरी मह जोडीलाई सम्मान गरेको हो ।

कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रुद्राक्षको माला र भुवन चन्द र हरिश चन्दले दोसल्ला ओढाएर मह जोडीलाई सम्मान गरेका थिए ।

कोरोना महामारी जोखिमका कारण सानो जमघटमै सुरक्षाका उपाय अपनाएर कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष बसुन्धरा भुषाल, सचिव मोहन निरौला, सदस्य पुष्कर लामा, अन्जु रन्जीतकार, निर्देशक सम्झना उप्रेती रौनियार र केहि पत्रकारको मात्र उपस्थिति रहेको थियो ।

Categorized in पेजथ्री