arin enterprises

उपत्यकामा ११९ सहित ५९४ नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ श्रावण ३०, शुक्रबार

आज देशका ३९ वटा कोभिड प्रयोगशालाहरुबाट ११ हजार ५ सय ७५ वटा नमूनाको परिक्षण भएको छ । परिक्षणको यो संख्या आजसम्मकै उच्च हो ।

पछिल्लो परिक्षणमा जम्मा ४२ वटा जिल्लामा ५ सय ९४ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये एक सय १९ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।

पछिल्ला दिनहरुमा काठमाडौंमा उच्च संख्यामा संक्रमित भेटिने क्रम आज पनि जारी नै रह्यो । ४२ जिल्लामध्ये सबैभन्दा बढि काठमाडौंमा ८३ जना नयाँ संक्रमित भेटिएका छन् ।

दोश्रोमा पर्सामा ७१ जना, मोरङमा ६३, धनुषामा ५५, ललितपुरमा ३०, सुनसरी, महोत्तरी र बारामा २४/२४, तनहुँ र बाँकेमा २२/२२ र सुर्खेतमा २१ जनामा संक्रमण देखिएको छ ।

मकवानपुरमा १८, सप्तरी, सर्लाही, चितवन र रुपन्देहीमा १४/१४, सिन्धुलीमा ११, झापा र कैलालीमा ९/९, भक्तपुर र अछाममा ६/६, रौतहट, बर्दिया कपिलवस्तुमा ५/५ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी सिराहा र दैलेखमा ३/३ जनामा संक्रमण देखिँदा नवलपरासी पूर्व, कन्चनपुर र सिन्धुपाल्चोकमा २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

उदयपुर, नुवाकोट, बाजुरा, धादिङ, हुम्ला, दोलखा, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान र बझाङमा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।

Categorized in राष्ट्रिय