संक्रमण हुनेको संख्या २६ हजार नाघ्यो
SamacharDesk – बिकाश | २०७७ श्रावण ३१, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ६८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको हो ।
पछिल्लो पटक एक सय २४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १७ हजार २ सय १ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट ५ लाख ५ हजार ६ सय ६० जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार ३ सय ४४ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १४ हजार ४ सय ४८ छ भने सक्रिय संक्रमितको संख्या ८ हजार ७ सय १६ जना रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या सय नाघेको छ । आज थप ३ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय