आज उपत्यकामा नयाँ संक्रमित सय भन्दा कम
SamacharDesk – बिकाश | २०७७ श्रावण ३१, शनिबार

पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकाभित्र सयभन्दा माथिको संख्यामा नयाँ संक्रमित पुष्टि भइरहेकोमा आज भने सय भन्दा कममा संक्रमण भेटिएको छ ।
पछिल्लो परिक्षणमा काठमाडौं उपत्यकाभित्र ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यद्यपिं आज पनि ३९ वटा जिल्लाबाट नयाँ संक्रमित भेटिएकोमा सबैभन्दा बढि काठमाडौंमै रहेको छ ।
आज काठमाडौंमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मोरङमा ६५, सर्लाहीमा ५४, कपिलवस्तुमा ३२, धनुषामा २७, पर्सामा २४ र मकवानपुरमा २१ जनामा संक्रमण भेटिएको छ ।
त्यसैगरी सुनसरीमा १९, बर्दियामा १४, बाँके, कास्की र दाङमा ११/११, काभ्रेपलान्चोक, महोत्तरी र चितवनको साथै ललितपुर र भक्तपुरमा ९/९ जनामा कोरोना संक्रमण देखिएको छ ।
खोटाङमा ६, दोलखा र सुर्खेतमा ५/५, रौतहटमा ४, रामेछाप र दैलेखमा ३/३ र उदयपुर, सप्तरी, नवलपरासी पूर्व, रुपन्देही, बागलुङ, तनहुँ र बारामा २/२ जना संक्रमित भेटिएका छन् ।
तेहथुम, बझाङ, डडेलधुरा, रसुवा, गुल्मी, गोरखा, स्याङ्जा र सिन्धुलीमा एक/एक जना कोरोना पोजेटिभ पाइएको छन् ।
Categorized in राष्ट्रिय