arin enterprises

आज ६ सय बढिमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ श्रावण ३२, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ४१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २६ हजार ६ सय ६० पुगेको हो ।

पछिल्लो पटक एक सय ३४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या १७ हजार ३ सय ३५ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ५ लाख १७ हजार ९ सय ७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार २ सय ४७ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या १५ हजार २ सय ४३ छ भने सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ जना रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४ नाघेको छ । आज थप २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय