रहेनन् वरिष्ठ चित्रकार प्रेममान
SamacharDesk – बिकाश | २०७७ श्रावण ३२, आइतबार

नेपालको चित्रकला क्षेत्रका वरिष्ठ पौभाः कलाकार साथै साहित्यकार प्रेममान चित्रकारको निधन भएको छ ।
लामो समयदेखि दमको रोगले पिडित चित्रकारको आज दिउँसो उपचारको क्रममा कलंकीस्थित नेशनल हस्पिटलमा निधन भएको हो ।
उनको आजै पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।
उनलाई ७२ साल बैसाख २ गतेका दिन नेपाल ललितकला–प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानले इन्द्रराज्य प्रज्ञा पुरस्कारबाट पनि उनलाई सम्मानित गरेको छ ।
नेपाल परम्परागत कलाकार संघ नामक संस्थाका अध्यक्ष समेत रहिसक्नुभएका उनले धेरै युवाहरुलाई पौभाः चित्रकलाको प्रशिक्षण दिनुभएको छ ।
७६ वर्षीय चित्रकारले थुप्रै उत्कृष्ट चित्रकलाको साथमा साहित्यिक रचनाको पनि श्रृजना गर्नुभएको छ ।
नेपालभाषाको पहिलो सांगितिक एल्बम प्रकाशन गर्ने पनि उनै हुन् ।
उनको परिवारमा श्रीमतिको साथमा ३ सुपुत्री र एक सुपुत्र रहेका छन् ।
Categorized in पेजथ्री